Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सरकारको विधेयक ल्याउने काम हो, हामी शिक्षा विधेयकलाई परिमार्जन गर्छौैँ : कांग्रेस

    सरकारको विधेयक ल्याउने काम हो, हामी शिक्षा विधेयकलाई परिमार्जन गर्छौैँ : कांग्रेस

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले सदनमा पेस गरिएको शिक्षासम्बन्धी विधेयक परिमार्जन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

    मंगलबार पार्टी संसदीय दलले सरोकारवाला निकायसँग छलफल गरी शिक्षकहरुले सरकारसँग गरेको ६ बुँदे सहमति र राहत शिक्षकहरुको मागलाई सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्ने प्रतिवद्धता व्यक्त गरेको हो ।



    नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा भएको छलफलमा सरोकारवाला निकायका विभिन्न २० वटा संघ, संस्थाहरुले आफूहरुको माग सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्न कांग्रेस नेताहरुको ध्यानाकर्षण गराएका थिए ।



    सरोकारवाला निकायका मागलाई सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्न प्रतिवद्धता पार्टीको तर्फबाट प्रतिवद्धता जनाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

    उनले भने, “सरकारको विधेयक ल्याउने काम हो । हामी त्यसलाई परिमार्जन गर्छौैँ ।” उनले आफ्नो पार्टीले सो विधेयकलाई समृद्ध बनाउनका लागि बुधबार अपराह्न १ बजे विज्ञहरुसँग पनि छलफल कार्यक्रम तय गरिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार