Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भरुवा बन्दुकसहित उदयपुरबाट चार जना पक्राउ

उदयपुर । प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका-५ कसुमटारबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा कसुमटारका ३१ वर्यीय अमृत तामाङलाई पक्राउ गरेका हो।

घर नजिकैको जंगलमा एक नाले भरुवा बन्दुक लुकाइ राखेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोलीले खोजतलासका क्रममा बन्दुकसहित तामाङ्गलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पक्राउ परेका तामाङ्गलाई जिल्ला अदालतबाट हातहतियार खरखजना मुद्दामा सात दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको छ।

त्यसैगरी त्रियुगा नगरपालिका ३ मिलनचौकबाट लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।

लागूऔषध बिक्रीबितरण भइरहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलिले शंका लागेर चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वडा नं ३ ठाँडिका ३२ वर्षीय हरीकुमार निरौला, सोही ठाउँका ४० वर्षीय रोहित चौधरी र २४ वर्षीय नागेश्वर चौधरी रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले एक ग्राम ६८० मिलिग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगर फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077