Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

काठमाडौं । गृह मन्त्रालयले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनअनुसार कारबाही हुने बताएको छ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुने बताएका हुन् ।

उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य मन्त्री मोहन बस्नेत सहित सरोकारावालाहरुको बैठकले सो निर्णय गरेको हो ।

पछिल्लो समय देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूमाथि भएका दुर्व्यवहारका घटनामा संलग्नहरूलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय गरिएको छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन–२०६६ अनुसार सुरक्षा समन्वय समितिको बैठक नियमित राख्ने निर्णय गरिएको छ ।

देशभरका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन–२०६६ अनुसारको कसुर र दण्ड सजाय सम्बन्धी सार्वजनिक सूचना सबैले देख्ने गरी टाँस गर्ने निर्णय गरिएको छ ।

सूचना टाँस गर्ने व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने गृह प्रवक्ता शर्माले जनाएका छन् ।

CCI09272023-1695812193.jpg

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077