Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुनको दैनिक आयात कोटामा वृद्धि, अब २० किलो आयात गर्न पाइने !

काठमाडौं । अब वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउने भएका छन् । विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै सुन आयातको दैनिक परिमाण १० किलोबाट २० किलो बनाएको हो ।

हाल दैनिक १० किलोसम्म मात्रै सुन आयात गर्न पाउने व्यवस्था रहेकोमा अब राष्ट्र बैंकले तोकेको दैनिक निर्धारित सीमाको परिमाणमा नबढ्ने गरी वाणिज्य बैंकहरुले सुन आयात गर्न सक्नेछन् ।

नजिकिँदो चाडपर्वमा दैनिक १० किलोको कोटाले सुनको माग धान्न नसकिने भन्दै व्यवसायीहरुले आयातको कोटा बढाउन माग गर्दै आएका थिए । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको छ ।

नयाँ व्यवस्था अनुसार कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077