Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र सिपिसीका सचिव वाङबीच भेटवार्ता

काठमाडौं । चीनको औपचारिक भ्रमणको क्रममा ल्हासा भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनको स्वशाशित क्षेत्र तिब्बतका सिपिसी कमिटीका पार्टी सचिव वाङ सियाङबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच आज स्वशाशित क्षेत्र तिब्बतमा भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण अत्यन्त उत्साहजनक रहेको बताउँदै सचिव वाङ सियाङलाई चीन सरकारले नेपाल चीन सम्बन्धका लागि इन्चार्जको जिम्मेवारी दिएको र वाङको नेतृत्वमा भएका अर्थपूर्ण क्रियाकलापबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइमा लग्न महत्वपूर्ण योगदान पुगेकोमा प्रशंसा गरे ।

यस्तै सचिव वाङले प्रधानमन्त्री प्रचण्डको चीन तथा तिब्बत भ्रमणबाट आफू धेरै खुसी भएको बताउँदै नेपालसँगको सम्बन्धलाई अझ उचाइमा पुगाउन सक्रिय रहने प्रतिवद्धता जनाए । प्रधानमन्त्रीको सम्मानमा सचिव वाङले रात्रीभोजको आयोजनासमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077