Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मधेशमा आज ‘मोहम्द डे’ को अवसरमा सार्वजनिक बिदा

जनकपुरधाम । मधेश प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

मुस्लिम धर्मावलम्बीले मनाउने पर्व पैगम्बर मोहम्मदको जन्मदिन (मोहम्मद डे) का अवसरमा प्रदेश सकारले बिहीबार सार्वजनिक बिदा दिएको हो।

मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेलले बुधबार सूचना जारी गर्दै मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा असोज ११ गते बिदा दिने निर्णय भएको जानकारी दिए ।

०७९ चैत ९ गते बसेको मधेश प्रदेश मन्त्रिपरिषद्को बैठकले पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077