Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • विश्वकप खेल्न पाकिस्तानको क्रिकेट टोली भारतमा

    विश्वकप खेल्न पाकिस्तानको क्रिकेट टोली भारतमा

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । पाकिस्तानको टोली एकदिवसीय विश्वकप खेल्न भारत पुगेको छ । पाकिस्तानको टोली गएराति भारतको हैदराबाद पुगेको हो ।

    पाकिस्तान क्रिकेट टोली लाहोरबाट दुबई हुँदै हैदराबाद पुगेको हो । यसअघि सोमवार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भिसा जारी गर्न भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएको थियो ।



    उसले आईसीसीलाई पत्र लेखेको केही घण्टापछि भारतले भिसा स्वीकृत गरेको थियो ।



    पाकिस्तान सन् २०१६ को टी–२० विश्वकपपछि पहिलो पटक भारत आएको हो । भारत र पाकिस्तानबीचको खेल अक्टोबर १४ तारिखमा अहमदाबादमा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार