Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उडान नियम उल्लंघन गर्ने 'एएस३५०' हेलिकप्टरको उडानमा रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई कम्पनीका हेलिकप्टरको उडानमा रोक लगाएको छ ।

लुक्ला क्षेत्रमा खराब मौसममा उडान गरेको भन्दै प्राधिकरणले श्री एयरलाइन्स र फिस्टेल एयरका हेलिकप्टरलाई उडानमा प्रतिबन्ध लगाएको हो ।

प्राधिकरणले ‘एएस३५० बी३ई’ मोडलका हेलिकप्टरको उडानमा बिहीबारदेखि नै प्रतिबन्ध लगाएको छ।

कम्पनीले भिजिबिलिटी १ सय मिटर समेत नभएको अवस्थामा समेत ‘भीएफआर’ नियम मिच्दै हेलिकप्टर उडाएपछि प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि हेलिकप्टर उडानमा रोक लगाउने निर्णय गरेको स्रोतले बतायो ।

यी कम्पनीका अन्य मोडलका हेलिकप्टरको उडानमा भने रोक लगाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077