Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

महोत्तरीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ, गोली पनि बरामद

काठमाडौं । महोत्तरीमा प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको सोनमा गाउँपालिका–५, खयरबनी चोकबाट भारतको विहार राज्यस्थित सितामढी जयनगर ग्रामपंचायत–११ बस्ने २४ वर्षीय बलविन्द्र महतो बुधबार बेलुकी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पेस्तोलसहित सोही पेस्तोलमा लाग्ने गोली एक राउण्ड, किल्ला उक्काउने रड दुई थान र पेचकस एक थान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय खैयरबनीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० के ३४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारेको जनाइएको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077