Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले बागमतीको नेतृत्व छान्न च्यासलमा मतदान जारी

    एमाले बागमतीको नेतृत्व छान्न च्यासलमा मतदान जारी

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

    बिहान साढे ११ बजे शुरू हुने भनिएको मतदान साढे १ बजे शुरू भएको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान भइरहेको छ ।



    प्रदेश अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल उम्मेदवार छन् । यसअघि केशव प्रसाद पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले पनि उम्मेदवारी दर्ता गराए पनि उनीहरुले पछि फिर्ता लिएकाले दुई जनाबीच मात्र अध्यक्षमा प्रतिस्पर्धा हुन लागेको हो ।



    अध्यक्षमा दाहाल र ढुंगेल अघोषित प्यानल बनाएरै चुनावी मैदानमा उत्रिएका छन् । दाहाल पक्षबाट उपाध्यक्षमा नुवाकोटका पूर्वसांसद नारायणप्रसाद खतिवडा, सचिवमा ललितपुरका पूर्वसांसद नवराज सिलवाल उम्मेदवार बनेका छन् ।

    दाहाल पक्षबाट उपसचिवमा खुलातर्फ सिन्धुलीका खड्गबहादुर खत्री र महिलामा काभ्रेकी भक्तकुमारी लामा उम्मेदवार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार