Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले बागमती प्रदेश अधिवेशन : च्यासलमा मतगणना सुरु, नतिजा आजै आउने

    एमाले बागमती प्रदेश अधिवेशन : च्यासलमा मतगणना सुरु, नतिजा आजै आउने

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको नेतृत्वसहित कार्यसमिति चयनका लागि शुक्रबार भएको मतदानको मतगणना सुरु भएको छ । एमाले पार्टी कार्यालय च्यासलमा मतगणना सुरु भएको हो ।

    निर्वाचन समितिका अनुसार अबको २ घण्टाभित्र मतगणनाको सबै परिणाम आइसक्ने छ । । निर्वाचनमा कुल एक हजार १६७ मतमध्ये एक हजार १३५ मत खसेको थियो ।



    पार्टी कार्यालय च्यासलमा भएको मतदानमा ३२ जना भने अनुपस्थत रहेको बताइएको छ । बागमतीको अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल प्रतिस्पर्धामा छन् ।



    पदाधिकारीका उपाध्यक्ष, सचिव र उपसचिवमा पनि प्यानल बनाएरै दुवै समूह प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचनबाट पाँच पदाधिकारीसहितका २४५ निर्वाचित हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार