Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काममा फर्किन आन्दोलनरत चिकित्सकलाई गृह मन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयले आन्दोलनरत चिकित्सकलाई काममा फर्कन आग्रह गरेको छ ।

गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीहरूलाई पक्राउ गरी कारबाहीको प्रक्रियामा ल्याइसकेको भन्दै काममा फर्कन आग्रह गरेको हो ।

देशभर विभिन्न अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि आक्रमणका घटनाहरू बढेसँगै स्वास्थ्यकर्मीहरू पाँच दिनदेखि काठमाडौंस्थित माइतीघर मण्डलामा सडक आन्दोलन गरिरहेका छन्।

सरकारले उनीहरूलाई बिहीबार वार्तामा समेत बोलाएको थियो। तर आफ्ना माग पूरा नभएको भन्दै उनीहरूले आन्दोलनलाई निरन्तरता दिइरहेका छन्।

पछिल्लो समय पोखराको मणिपाल अस्पताल, ललितपुरको पाटन अस्पताल, लमजुङ, सुर्खेत र हेडौंडालगायतका जिल्लामा चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूमाथि आक्रमण भएको थियो।

गृह मन्त्रालयले दोषीको पहिचान गरी पक्राउ गरिसकेको जनाएको छ । यसैगरी पोखराको मणिपाल अस्पतालमा चिकित्सकमाथि कुटपिट गर्ने अभिव्युक्तहरू समेत पक्राउ परिसकेको जनाएको छ ।

गृहले स्वास्थ्य संस्था ऐनबमोजिम कारबाही अघि बढाइसकेकाले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएर चिकित्सकलाई काममा फर्किन अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077