Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२०८४ मा एक्लै लडेर बहुमत ल्याउँछौं, कसैसँग गठबन्धन गर्दैनौँ : उपमहासचिव शर्मा

विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले २०८४ को निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।

माओवादीको विराटनगर महानगरपालिका समितिले विराटनगरमा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले २०८४ को निर्वाचनमा बहुमत ल्याउने गरी पार्टी निर्माण अभियानमा लागेको बताए ।

अबको निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने पनि उनले स्पष्ट पारे । अबको निर्वाचनमा एक्लै लड्ने र बहुमत ल्याउने गरी लड्ने उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077