Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

योगेश भट्टराई भन्छन् - प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण विषयमा छलफल नै भएन

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को चीन भ्रमणमा महत्वपूर्ण विषयमा छलफल नै हुन नसकेको बताएका छन् ।

आइतबार संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

उनले बीआरआईलगायतका सम्झौता कार्यान्वयनका महत्वपूर्ण विषयमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल नै हुन नसकेको बताए ।

नेपालप्रति चीनका कतिपय आशंकाहरुलाई पनि प्रधानमन्त्रीको भ्रमणले विश्वास दिलाउन नसकेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077