Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्व कीर्तिमान बनाएका पुलिस क्लबका कप्तान ऐरीलाई आईजीपी कुँवरको बधाई

काठमाडौं । नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तानसमेत रहेका राष्ट्रिय खेलाडी दीपेन्द्रसिंह ऐरीलाई प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले बधाई दिएका छन् ।

मित्रराष्ट्र चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत टी–२० क्रिकेटतर्फ विश्व रेकर्ड राख्न सफल भएकामा ऐरीलाई प्रहरी महानिरीक्षक कुँवरले बधाई दिएका हुन्।

सन् २०२३ सेप्टेम्बर २७ मा मङ्गोलिया विरुद्धको खेलमा राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय पुरुष क्रिकेट टिमका तर्फबाट आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्धशतक पूरा गरी उनले विश्व कीर्तिमान बनाएका थिए ।

प्रहरी महानिरीक्षक कुँवरले आइतबार नेपाल प्रहरीका तर्फबाट कप्तान ऐरीलाई हार्दिक बधाई दिँदै नेपाली खेलाडीलाई सफलताको शुभकामना पनि दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077