Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले कोशीको नेतृत्व छान्न रातभरि चल्यो मतदान, दिउँसो १ बजेपछि मतगणना

    एमाले कोशीको नेतृत्व छान्न रातभरि चल्यो मतदान, दिउँसो १ बजेपछि मतगणना

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 927
    SHARES

    विराटनगर । नेकपा एमाले कोशी प्रदेशको नेतृत्व चयन गर्न भएको निर्वाचन मध्यरातमा सकिएको छ । आज मतगणना गरिने एमालेले जनाएको छ । दिउँसो १ बजेपछि मतगणना सुरु हुनेछ ।

    आइतबार बिहान ११ बजेदेखि मतदान कार्यतालिका रहे पनि १० बजे रातिमात्रै सुरु भएको थियो । ३७ स्थानमा एकै पटक मत खसाल्ने व्यवस्था मिलाइएको थियो ।



    निर्वाचनबाट पाँच पदाधिकारीसहित २१५ जना निर्वाचित हुनेछन् । अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् ।



    आइतबार रातभर चलेको मतदानमा ९९७ मध्ये ९७७ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार