Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले कर्णाली अधिवेशन : नयाँ नेतृत्वका लागि मतगणना सुरु

    एमाले कर्णाली अधिवेशन : नयाँ नेतृत्वका लागि मतगणना सुरु

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 681
    SHARES

    सुर्खेत । नेकपा एमाले कर्णालीको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना सुरु भएको छ ।

    बिहान ८ बजेदेखि मतगणना हुने भनिए पनि केही घण्टा ढिलोगरी मतगणना गर्न थालिएको हो ।



    प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी एमालेको कर्णाली प्रदेशको प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार राति मतदान भएको थियो ।



    नेतृत्व चयनका लागि आइतबार दिउँसो २ बजेखि राति ९ बजेसम्म मतदान भएको थियो । ११६ जना प्रतिनिधिहरुमध्य ६०९ जना मतदानमा सहभागी भएका थिए ।

    प्रदेश अध्यक्षका लागि सल्यानका गुलावजंग शाह, कालिकोटका मिनबहादुर शाही र कालिकोटकै प्रकाश रोकाय प्रतिस्पर्धामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार