Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

चितुवाको आक्रमणबाट सल्यानमा चार जना घाइते

सल्यान । चितुवाको आक्रमणबाट सल्यानमा चार जना घाइते भएका छन् ।

घाइते हुनेमा छत्रेश्वरी गाउँपालिका-३ दोलीका ४० बर्षीया राजबहादुर केसी, ४० बर्षीया टेकबहादुर थापा, १६ बर्षीया छविलाल केसी र २७ बर्षीया भीमसेन थापा रहेका छन् ।

छत्रेश्वरी गाउँपालिका- ३ दोलीका ५२ बर्षीया पूर्णराज बिकले संचालन गरेको कुखुरा फार्मभित्र लुकेर बसेको चितुवाले सोमबार बिहान उनीहरुलाई आक्रमण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार चितुवाले ३ वटा कुखुरा पनि मारेको थियो ।

त्यही हेर्न जानेक्रममा लुकेर बसेको बाघले मान्छेमाथि आक्रमण गरेको थियो । घाइतेहरुलाई सल्यान अस्पतालपछि थप उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077