Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

गोविन्द लिम्बू हत्या प्रकरण : मुख्य आरोपीसहित ११ जना सार्वजनिक

झापा । तीन दिनअघि दमकमा भएको एक हत्या प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जनालाई झापा प्रहरीले सोमबार सार्वजनिक गरेको छ।

दमक नगरपालिका–१ स्थित रूवेल माछा फ्राईमा साथीहरूबीच झगडा हुँदा छुरा प्रहारबाट मृत्यु भएका इलामको चुलाचुली गाउँपालिका–३ का ३८ वर्षीय गोविन्द लिम्बूको हत्यामा संलग्न मुख्य आरोपी दमक–७ का २२ वर्षीय सनम राईसहित ११ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको हो।

इलाका प्रहरी कार्यालय दमकमा सोमबार पत्रकार सम्मेलन गरी मुख्य आरोपी राईसहित दमक–१ का २२ वर्षीय आनन्द भुजेल, दमक–७ कै १८ वर्षीय सवास आलम, दमक–१ कुमाल चौककोरूरुवेल माछा फ्राईका सञ्चालक विशाल कुमाल, दमक–१ का २५ वर्षीय नामुद थेवे, २२ वर्षीय राजकुमार भुजेल, २६ वर्षीय आकाश केरूङ, दमक–७ का २३ वर्षीय राहुल श्रेष्ठ, २८ वर्षीय सलमान लिम्बू, इलाम चुलाचुली–४ का ३१ वर्षीय सन्दिप राई, सोही पालिका–३ का ३८ वर्षीय सूर्य केरूङ, ३८ वर्षीय उपेन्द्र राईलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले बताए।

घटनाकै दिन होटल सञ्चालक कुमालसहित आठ र सोमबार मुख्य आरोपी सनम राईसहित तीन जनालाई मोरङको उर्लाबारी–१ टप्पु टोलबाट नियन्त्रणमा लिइएको उनले जानकारी दि‍ए।

उनका अनुसार तीन दिनअघि दमक–१ स्थित कुमाल चौकको रूवेल माछा फ्राईमा मदिरा सेवन गरेपछि आपसी झगडा हुँदा आरोपी राईले लिम्बूको मुख्य आरोपी राईले घाँटी तथा हातमा छुरा प्रहार गरी हत्या गरेका थिए।

हत्यालगत्तै उनी फरार थिए र आज खोजतलासका क्रममा संयुक्त प्रहरी टोलीले राईसहित तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको इप्रका दमकका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077