Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • समाचारप्रति काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालको आपत्ति

    समाचारप्रति काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालको आपत्ति

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 372
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले अनलाइननेपाल डटकममा प्रकाशित समाचारप्रति असहमती जनाएकी छन् । १० असोज २०८० मा अनलाइननेपाल डटकममा ‘सहरी विकासको सचिवमा पेट्रोल पम्प ठगीमा मुछिएका रामआधारलाई ल्याउन चलखेल !’ शिर्षकमा प्रकाशित समाचारप्रति उनले असहमति जनाएकी हुन् । विकास आयुक्त ढकालले अनलाइन नेपालमा खण्डन पठाउँदै उक्त समाचार झुटो भएको प्रतिकृया दिएकी छन् ।

    विकास आयुक्त ढकालले अनलाइननेपालको इमेलमा पठाएको खण्डनमा भनिएको छ–‘तपाईंको अनलाईननेपाल डटकम भन्ने अनलाईन पत्रिकामा मिति २०८०।०६।१० मा ‘सहरी विकासको सचिवमा पेटोल पम्प ठगीमा मुछिएका रामआधारलाई ल्याउन चलखेल !’ शिर्षकमा रमेश सिंह र जानुका ढकाल करोडौंको प्रस्ताव लिएर शरदसिंह र निर्जलाको शरणमा भन्ने कपोकल्पित, आधारहिन, भ्रम फैलाउने र चरित्रहत्या गर्ने खालको समाचार सम्प्रेषण गरेकोमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ । यस समाचारमा उल्लेख भएका कुनैपनि कुरामा सत्यता नभएको यहाँलाई जानकारी गराउँछु ।’



    विकास आयुक्त ढकालले समाचारमा उल्लेख गरिएको विषयप्रति आपत्ति जनाउँदै प्रेस काउन्सिल नेपालमा समेत उजुरी दर्ता गराएकी छन् । असोज १५ गते दर्ता भएको उक्त पत्रमा भनिएको छ–‘उनले प्रेस काउन्सिलमा समेत दर्ता गराएको उजुरीमा भनिएको छ–‘यो समाचारले प्रत्यक्ष रुपमा मेरो व्यक्तिगत, पारिवारिक, सामाजिक र संस्थागत दायित्व निर्वाह गर्ने कुरामा समेत असर परेकाले मैले ठूलो क्षति पुगेको महसुस गरेको छु ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार