Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • उपत्यका विकास प्राधिकरणको सरकारी गाडी प्रमुख आयुक्तका श्रीमानलाई उपहार !

    उपत्यका विकास प्राधिकरणको सरकारी गाडी प्रमुख आयुक्तका श्रीमानलाई उपहार !

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 9.1K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणकी प्रमुख आयुक्त जानुका ढकालले प्राधिकरणको स्वामित्वमा रहेको एउटा सरकारी गाडी आफ्नो श्रीमान विनोद पछाईलाई निजी प्रयोजनका लागि उपलब्ध गराएको रहस्य खुलेको छ ।

    काठमाडौं उपत्यका विकास प्राधिकरण मातहतको भक्तपुर जग्गा एकीकरण आयोजनाको स्वामित्वमा रहेको ४२५७ नम्बरको सिल्भर कलरको सरकारी स्कोरपियो गाडी प्रमुख आयुक्त ढकालले नियम–कानुनको खिल्ली उडाउँदै निजी प्रयोजनका लागि श्रीमान पछाईलाई दिएकी हुन् ।



    उक्त गाडी पछाईले २ वर्षदेखि आफ्नै निजी सवारी साधनजस्तो गरी प्रयोग गरिरहेका छन् । सरकारी स्वामित्वको भएपनि पछाइले उक्त गाडीको नम्बर प्लेट भने रातो बनाएका छन् । सरकारी सवारी साधनको नम्बरप्लेट सेतो प्लेटमा रातो अक्षर हुन्छ भने प्राइभेटमा रातो प्लेटमा सेतो अक्षर हुन्छ ।



    सरकारको मातहतमा रहेका आयोजनाहरूले रातो नम्बर प्लेट राखेर गाडी गर्न खरिद गर्न सक्छन् । तर यस्ता गाडी बढीमा एउटा÷दुई वटा मात्र खरिद गर्ने ब्यवस्था छ । सरकारी बिदाका दिनमा पनि फिल्डमा गई काम गर्नुपर्ने भएकाले जग्गा एकीकरण आयोजनाहरुले रातो नम्बर प्लेटका एउटा, दुई वटासम्म गाडी खरिद गर्नसक्ने छुुट दिइएको हुन्छ ।

    स्रोत भन्छ–‘प्राधिकरणमा आएपछि ढकालले भक्तपुर जग्गा एकीकरण आयोजनासँग रातो नम्बर प्लेटको एउटा गाडी भएको थाहा पाइन्, त्यसपछि प्राधिकरणका लागि भनेर भक्तपुरबाट गाडी मगाइन् । तर उक्त गाडी प्राधिकरणका लागि नभई आफ्नो श्रीमानलाई प्रयोग गर्न दिइन् ।’

    यहाँसम्म कि भक्तपुर जग्गा एकीकरण आयोजनाका कर्मचारीहरुले समेत आयोजनाको स्वामित्वमा रहेका गाडी जानुका ढकालका श्रीमाले प्रयोग गरिरहेका छन् भन्ने थाहा पाएका छैनन् । यस विषयमा जिज्ञासा राख्दा प्राधिकरणका लागि भनेर आफूहरुले गाडी उपलब्ध गराएको जवाफ उनीहरुले दिने गरेका छन् ।

    भक्तपुर जग्गा आयोजनाले केभीडीएलाई गाडी उपलब्ध गराएको बताउँदै आएको छ । तर, प्रमुख आयुक्तका श्रीमानले निजी प्रयोजनमा प्रयोग गरिरहेका छन् भन्ने थाहा पाएपछि आयोजना पनि ट्राफिक प्रहरीको माध्यमबाट गाडी फिर्ता ल्याउने पहलमा लागेको आयोजनाका एक कर्मचारीले बताए ।

    भक्तपुर जग्गा एकीकरण आयोजनाका आयोजना प्रमुख कृष्ण महर्जन समेत गाडी कसले चढेको छ भन्ने विषयमा अनविज्ञ नै रहेको आयोजनाका ती कर्मचारीले बताए ।

    प्राधिकरणको गाडी श्रीमानलाई निजी प्रयोगका लागि प्रयोग गर्न दिएकोप्रति प्राधिकरणकी प्रमुख आयुक्त जानुका ढकालले भने अस्वीकार गरिन् । उनले अनलाइन नेपालसँग कुरा गर्दै भनिन्–‘मसँग एउटा सरकारी गाडी छ । अर्को रातो प्लेटको गाडी हामी कार्यालय प्रयोजनका लागि प्रयोग गर्छौ । विदाको दिन काम गर्दा र बाहिर जानु पर्दा त्यहि गाडी प्रयोग गर्दै आएका छौं । मसँगै कहिलेकहीं श्रीमान हिड्नु भयो होला। श्रीमती चढेको गाडीमा श्रीमान चढ्नु हुँदैन भन्ने त छैन होला । तर, उहाँलाई नै चढ्न दिएको छैन । तपाई प्रष्ट हुनुहोस् ।’

    ‘मैले श्रीमानलाई सरकारी गाडी उपलब्ध गराएपनि उहाँले चढ्नु हुन्न । बरु कहिलेकहीं छोरा छोरीलाई लिफ्ट दिइयो होला तर, श्रीमानलाई चढ्नका लागि मैले गाडी उपलब्ध गराएको छैन । त्यो गाडी कार्यायल प्रयोजनमा प्रयोग हुँदै आएको छ ।’–उनले थप भनिन् ।

    ढकालको कार्यसम्पादन क्षमता निकै कमजोर देखिएको भन्दै सहरी विकासमन्त्री सीता गुरुङ उनलाई स्पष्टीकरण सोध्ने तयारीमा रहेको मन्त्रालयकै एक अधिकारीले बताए । हुनत तत्कालीन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि ढकालको कार्यसम्पादन क्षमता कमजोर भएको भन्दै हटाउन खोज्दा मन्त्रालयका तत्कालिन सचिव रमेशकुमार सिंहले रोकेका थिए ।

    रमेश सिंह अहिले शहरी विकास मन्त्रालयमा आफू अनुकुल सचिव ल्याउने खेलमा लागिरहेका छन् । त्यसका लागि उनले पेट्रोल पम्प ठगीमा कारबाही भोगकेका रामआधार  साहलाई ल्याउन विचौलियाहरु परिचालन गर्नेदेखि आफै खटिने गरेको स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार