Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सहरी विकासको सचिवमा पेट्रोल पम्प ठगीमा मुछिएका रामआधारलाई ल्याउन चलखेल !

    सहरी विकासको सचिवमा पेट्रोल पम्प ठगीमा मुछिएका रामआधारलाई ल्याउन चलखेल !

    रमेश सिंह र जानुका ढकाल करोडौंको प्रस्ताव लिएर शरदसिंह र निर्जलाको शरणमा !

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 6.8K
    SHARES

    काठमाडौं। सहरी विकास मन्त्रालयको सचिव पद रिक्त भएको छ । रविन्द्रनाथ श्रेष्ठ बिहीबारदेखि अनिवार्य अवकाशमा जाने भएपछि सहरी विकास मन्त्रालयको सचिव पद रिक्त भएको हो ।

    रिक्त सचिव पदका लागि प्रधानमन्त्री कार्यालयका सचिवद्वय मणिराम गेलाल र सुरेश आचार्य लागिरहेका छन् । तर, उनीहरु दुवैलाई रोकेर सहरी मन्त्रालयमा जाने खेलमा खानेपानी मन्त्रालयका सचिव रामआधार साह ब्रिफकेस बोकेर हिंडेको स्रोत वताउँछ । रामआधार साह अति बदनाम सचिव हुन् ।



    उनी गुणस्तर तथा नापतौल विभागको महानिर्देशक हुँदा पेट्रोप पम्पमा ठगी गर्ने मेसिन जडान गरेको आरोपमा पक्राउ परेका थिए । पैसाको बलमा अदालतमा चलखेल गरी उनी थुनामुक्त भएका थिए ।



    तिनै रामआधारलाई सहरी विकास मन्त्रालयको सचिवमा लैजानका लागि सहरी विकास मन्त्रालयका पुर्व सचिव रमेशप्रसाद सिंह र काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल लागेका छन् ।

    रामआधारलाई सहरीमा सचिव बनाउनका लागि रमेश सिंह र जानुका ढकाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी र लोसपाकै निर्जला राउतको शरणमा पुगेका छन् ।

    मन्त्री भण्डारी र राउतमार्फत् धुम्बाराहीमा नेपाली कांग्रेस नेतृ डा. आरजु राणासम्मलाई प्रभावमा पार्ने खेलमा सिंह र ढकाल लागेका छन् । रामआधारलाई सचिव बनाउनका लागि रमेश सिंह र जानुका ढकालले २ करोड रुपैयाँसम्मको खर्च गर्ने गरी  अगाडि बढेको स्रोतको दाबी छ ।

    ढकालको कार्यसम्पादन सन्तोषजनक नभएकाले सहरी विकास मन्त्रालयले उनलाई हटाउन स्पष्टीकरण सोध्ने तयारी गरेपछि उनी रमेश सिंहमार्फत् आफूअनुकूल सचिव ल्याएर टिक्ने खेलमा लागेकी हुन् ।

    प्राधिकरणबााट भक्तपुर लगायतका धेरै ठाउँमा जग्गा प्लटिङको अनुमति दिंदा ढकालले करोडौं घुस लिएको आरोप छ । विवादित सचिव रामआधारलाई सचिव बनाउनका लागि रमेश सिंह र जानुका ढकालले फन्ड संकलन गरेर अगाडि बढेको स्रोतले बताएको छ ।

    रमेश सिंहले सचिव हुँदा जानुका ढकाललाई अंकभार नै तलमाथि गरेर काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा नियुक्ति गरेका थिए ।

    ढकाल आयुक्त भएपछि प्राधिकरणको प्रगति साह्रै लाजमर्दो छ । सहरी विकास मन्त्रालय अन्तर्गतका निकायमध्ये प्राधिकरणको प्रगति अति कम रहेको छ ।

    गतबर्ष प्राधिकरणको प्रगति ७ प्रतिशतमात्र देखिएको थियो । प्राधिकरणको नेतृत्व कमजोर भएकै कारण प्रगति यति लाजमर्दो भएको सहरी विकास मन्त्रालयका एक अधिकारीले बताए । मासिक पत्रिका चलाउनेलाई प्राधिकरणको बागडोर दिएपछि कहाँबाट प्रगति राम्रो हुन्छ ? उनले भने ।

    यसैबीच, रामआधार साहलाई सचिव बनाउन लागेको बिषयमा पूर्व सचिव डा.रमेशप्रसाद सिंहले असहमति जनाएका छन् । उनले पठाएको खण्डनमा उल्लेख छ-‘सहरी विकास मन्त्रालयको सचिवमा पेट्रोल पम्प ठगीमा मुछिएका रामआधारलाई ल्याउन चलखेल’ शीर्षकमा रमेश सिंह र जानुका ढकालले करोडौंको प्रस्ताव लिएर शरदसिंह र निर्जलाको शरणमा गएको भन्ने समाचार कपोकल्पित र चरित्रहत्या गर्नेगरी बिनाआधार प्रकाशन गरिएकोमा मलाई अत्यन्त दुःख लागेको छ । यसमा कुनै पनि सत्यता नरहेको जानकारी गराउँदछु ।’

    त्यसैगरी, काठमाडौं उपत्यका विकास प्राधिकरणकी  विकास आयुक्त जानुका ढकालले पनि समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएकी छन् । अनलाइन नेपालको इमेलमा खण्डन पठाउँदै उनले भनेकी छन्–‘तपाईंको अनलाईन नेपाल डटकम भन्ने अनलाईन पत्रिकामा मिति २०८०।०६।१० मा ‘सहरी विकासको सचिवमा पेटोल पम्प ठगीमा मुछिएका रामआधारलाई ल्याउन चलखेल’ शिर्षकमा रमेश सिंह र जानुका ढकाल करोडौंको प्रस्ताव लिएर शरदसिंह र निर्जलाको शरणमा भन्ने कपोकल्पित, आधारहिन, भ्रम फैलाउने र चरित्रहत्या गर्ने खालको समाचार सम्प्रेषण गरेकोमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ । यस समाचारमा उल्लेख भएका कुनैपनि कुरामा सत्यता नभएको यहाँलाई जानकारी गराउँछु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार