Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सचिव श्रेष्ठले गरे जाँदाजाँदै सरुवामा करोडौं असुली, मन्त्री गुरुङ निरीह

    सचिव श्रेष्ठले गरे जाँदाजाँदै सरुवामा करोडौं असुली, मन्त्री गुरुङ निरीह

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । सहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले जाँदाजाँदै कर्मचारी सरुवामा ब्यापक असुली गरेका छन् । सामान्यतया अवकाश हुन २ दिनमात्र बाँकी भएका सचिवले पेश गरेको कर्मचारी सरुवा मन्त्री गुरुङले रोक्नुपर्ने थियो । उनले रोक्न सकिनन् ?

    मन्त्री गुरुङलाई असोज ९ गते मध्यराति सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतका ५० भन्दा बढी कर्मचारीको सरुवा गरिएको छ । बिभागअन्तर्गतका आयोजना, डिभिजन प्रमुखदेखि इन्जीनीयरहरुको सरुवा दररेट असुल्दै असोज ९ गते मध्यराति सरुवा टुंग्याए पनि गुपचुप राखिएको थियो ।



    असोज १० गतेमात्र सहरी विकास मन्त्रालयका एकाध कर्मचारीले सरुवाबारे थाहा पाएका थिए । सचिव श्रेष्ठले प्रशासनका उपसचिव डिल्लीराज श्रेष्ठ र शाखा अधिकृत रमाकान्त अर्यालमार्फत् १ महिना अगाडिदेखि सरुवाको लागि आर्थिक संकलन गर्ने काम थालेका थिए । जसले बढी कबोल गर्छ, उसलाई बजेट बढी भएको आकर्षक कार्यालयमा सरुवा गरिएको छ ।



    अवकाशको १ दिनअघि सरुवामा करोडौं उठाएको आरोप लागेर सचिव श्रेष्ठ बिदा भएका छन् । केही दिनअघि मात्र आएकी सहरी विकास मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख बिनु बज्राचार्य कुँवरले पनि सचिव श्रेष्ठको लिलाम बढाबढको सरुवामा साथ दिएकी छन् ।

    अवकाशको मुखमा सहरी विकास मन्त्रालयमा आएका उनले जसरी हुन्छ अर्थ संकलनमै बढी लागे । महिला मन्त्री सीता गुरुङको सोझोपनको फाइदा उठाउँदै सरुवामा लिलाम बढाबढ गरेको आरोप छ ।

    सहरी विकास मन्त्रालयमा पद सम्हालेपछि सचिव श्रेष्ठको सिफारिसमा मात्रै १५ करोड रुपैयाँ बराबरको डीपीआरको काम भवन बिभागबाट दिइएको स्रोतले बताएको छ । १० प्रतिशत कन्सलटेन्सीबाट पहिले नै लिएर सचिवले डीपीआरका कामको लागि कम्पनी सिफारिस गरेको र भवन बिभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले खुरुखुरु दिएको खोजी गर्ने हो भने पुष्टि हुनेछ ।

    अरु २० देखि ३० प्रतिशत महानिर्देशकदेखि कस कसले लिए ? त्यो मन्त्री गुरुङले खोजी गर्ने कि कांगे्रस पार्टीले गर्ने ? भवन विभागकै एक अधिकारीको प्रश्न छ–डीपीआरको काम लिने ठेकेदार र कमिसन खाने कर्मचारीको मात्र कुरा मन्त्रीले विश्वास गर्ने कि पत्ता लगाउन लाग्ने ?

    १ दिनपछि अवकाश हुने सचिवले सरुवामा अनियमितता गर्दा मन्त्री गुरुङको समेत बदनाम हुन पुगेको छ । सहरी विकास मन्त्रालयका अधिकारीले भने–१५ अगाडि सरुवा गरेको भए यस्तो विवादमा पर्ने थिएन ।

    मन्त्रीको नाममा उनका पीए मैनालीले मन्त्रालयमा आर्थिक चलखेल गर्दैआएका छन् । मन्त्री गुरुङका निजी सचिव नारायण मैनालीले पनि सचिव श्रेष्ठसँग मिलेर सरुवामा भागशान्ति गरेको आरोप छ । निजी सचिव मैनाली र सचिव श्रेष्ठ दुवै काभ्रेका हुन् । मैनालीकै कारण मन्त्रीको छवि नै धमिलिन पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार