Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सेटिङमा भवन विभागका अर्बौंका ठेक्का, मन्त्री झाँक्रीको रहस्यमय मौनता

    सेटिङमा भवन विभागका अर्बौंका ठेक्का, मन्त्री झाँक्रीको रहस्यमय मौनता

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 3.3K
    SHARES

    काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीमाथि परिवारवादको आरोप लागेको छ । मन्त्रालयमा स्वकीय सचिव नै नराखी देवर युवराज गिरीलाई पीए राखेकी छन् । नायव सुब्बा युवराज गिरी ९ वर्षदेखि शहरी विकास मन्त्रालयको स्टोरकिपर छन् ।

    मन्त्री झाँक्रीका पति पशुपतिबाबु पुरीको डिजाइन अनुसार गिरीलाई पिए बनाइएको छ । युवराज गिरी पशुपतिका भाई नाता पर्दछन् । दुबैको घर धनकुटा हो । क्रान्तिकारी देखाउन मन्त्री झाँक्रीले आउनसाथ सचिवदेखि उच्च पदस्थ कर्मचारीहरुको सरुवा गरिन् । भवन विकास विभागको महानिर्देशक नवराज प्याकुरेललाई हटाएर पदम कुमार मैनालीलाई ल्याइन् । मैनालीकै सेटिङमा शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलाललाई ल्याइन् ।



    पदम मैनालीले मन्त्री झाँक्रीलाई आकर्षक भेटी उठाएर दिनेगरि विभागको महानिर्देशक भएको स्रोत बताउँछ । मैनालीले हालै परामर्शतर्फको आरयूडीपी इस्टर्न र वेस्टर्न प्याकेज गरी करिव ४४ करोडको ठेक्का दिने क्रममा चलखेल गरी सेटिङमा दिएका छन् । इस्टर्नको २४ र वेस्टर्नको २० करोडको परामर्शको ठेक्कामा ८ करोडको डिल भएको स्रोतको दावी छ ।



    मन्त्री झाँक्रीको नाममा मैनालीले यो डिल गरेका हुन् । मैनालीले नै मन्त्रालय अन्तर्गत करिव १ अर्बको परामर्शको काम सम्झौता गराएका छन् । निर्माण कार्यतर्फ मैनाली महानिर्देशक भएपछि करिव ६ अर्ब रुपैयाँ भुक्तानी गरिएको छ । निर्माण कार्यतर्फको १५ प्रतिशत र परामर्शको २५ प्रतिशत घुस डिल गरिएको छ ।

    मन्त्री झाँक्रीले देउव युवराज गिरी र महानिर्देशक मैनालीमार्फत सेटिङ गरिरहेको यी केही दृष्टान्त हुन् । भवन विभागका महानिर्देशकलगायतको टिम ल्याउन लगानी गर्ने ठेकेदार रमण कन्स्ट्रक्सनका पवन महतोलगायतलाई अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका ठेक्का सेटिङमा दिने काम जारी छ ।

    रमन कन्स्ट्रक्सनले नै मन्त्री झाँक्रीसहितको परिवारलाई नगरकोटको एक होटलमा लगेको विषय सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । मन्त्री झाँक्री मुखले ठूला कुरा गर्ने तर करोडौं कमिसनमा चुर्लुम्मै डुबेको कुरा शहरी विकास मन्त्रालयका कर्मचारीहरुबीच नै चर्चा हुने गरेको छ ।

    शहरी विकास मन्त्रालयमा आएका मन्त्रीहरुमध्ये झाँक्री असक्षम भएको सूचना एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधव नेपालसम्म पुगेको छ । चर्चामा आउनका लागि धोवीखोला करिडोरमा राखेका निर्माण सामाग्री हटाउन पैदलमार्च गरेकी मन्त्री झाँक्रीले खोलामा सिधै ढल मिसाउने प्रभु बैंक र भाटभटेनी सुपरमार्केटलाई भने छुन पनि सकेकी छैनन् ।

    नेकपा समाजवादीले ६ महिनामा अहिलेको मन्त्रीहरुको टिम परिवर्तन गर्ने चर्चा चलिरहँदा मन्त्री झाँक्री भने आफू महिला भएको र पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निभाएको भन्दै निरन्तरता दिनुपर्ने दबाब दिइरहेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार