Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • राजनीति नभए काठमाडौंको फोहर व्यवस्थापन हुन्छ : रामकुमारी झाँकी

    राजनीति नभए काठमाडौंको फोहर व्यवस्थापन हुन्छ : रामकुमारी झाँकी

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 705
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाक्रीले राजनीति नभएन काठमाडौंको फोहर व्यवस्थापन हुने बताएकी छन् ।

    ट्वीटरमा सन्देश लेख्दै उनले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा बाधक बाटो भएको उल्लेख गरेकी हुन् ।  सर्वोच्च अदालतले उक्त ठेक्का रद्ध गर्न बाटो खुला गरिदिएको भन्दै उनले फोहरको समस्या समाधान हुने उल्लेख गरेकी हुन् ।



    उनले लेखेकी छन्, ‘पासाङल्हामु सडकको बालाजु तीनपिल्ले ककनी सडक खण्ड ठेक्का आर्थिक २०७१÷७२ मा ठेक्का लागेको थियो । आज आठ वर्षसम्म काम नगरेर राज्यलाई यति ठूलो क्षति गर्ने निर्माण व्यवसायीको ठेक्का रद्ध गर्नु अनिवार्य थियो ।



    काठमाडौंमा फोहर नउठ्ने र ल्याण्डफिल्ड साइटतिर हुने आन्दोलनको एउटा महत्वपूर्ण कारण यो बाटो पनि हो । सडक विभागले ठेक्का रद्ध गरी कालो सूचीमा राख्ने निर्णय न्यायालयले सदर गरेको छ । यो सडक खण्डको नयाँ ठेक्का तुरून्त लाग्ने छ । ‘

    झाक्रीले पासाङ ल्हमू सडकको बालाजु–तीनपिल्ले–ककनी खण्डको ठेक्का रद्ध हुने भएपछि खुशी व्यक्त गरिन । उक्त सडकको ठेक्का नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सन र एआइपिएलले पाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार