Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रेम आलेपछि रामकुमारी झाँक्रीको पनि बाहिरियो अडियो काण्ड

    प्रेम आलेपछि रामकुमारी झाँक्रीको पनि बाहिरियो अडियो काण्ड

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 5K
    SHARES

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अडियो काण्ड बाहिरिएसँगै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको पनि अडियो सार्वजनिक भएको छ।

    अडियोमा मन्त्री आले र नेकपा एमालेनिकट अछामका जगत ओलीबीच अश्लिल शब्दको दोहोरी चलेको थियो । उक्त अडियो सार्वजनिक भएपछि मन्त्री आले चौतर्फी आलोचनामा रहेका छन्। यद्यपि मन्त्री आलेको सचिवालयले भने, उक्त अडियो एक बर्ष पुरानो भएको र ओलीले ५० लाख मागेर मन्त्री आलेलाई दिनहुँ टचर दिँदै आएको दाबी गरेको छ।



    मन्त्री झाँक्रीको अडियो



    सहरी विकासमन्त्री झाँक्रीको अडियो पनि यतिबेला भाइरल बनेको छ । भिडियोमा मन्त्री झाँक्रीले पनि अश्लील शब्दको प्रयोग गरेकी छन् । भोजराज नाम गरेका व्यक्तिसँगको २ मिनेट लामो अडियोमा मन्त्री झाँक्रीले आफ्नोबारे अनेकौं भ्रम छरेको भन्दै उनीमाथि खनिएकी छन्।

    झाँक्रीले केटाहरु लगाएर उनको खुट्टा समेत भाँचिदिने धम्की दिएकी छन्। अडियोमा झाँक्री र भोजराज भनिने ती व्यक्तिबीच तँ-तँ र म / म को प्रयोग हुँदै तेरी मा समेत भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार