Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरियाबाट फर्किएको दुई सातामै बेलायत जाँदै आईजीपी कुँवर

    कोरियाबाट फर्किएको दुई सातामै बेलायत जाँदै आईजीपी कुँवर

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 10.6K
    SHARES

    काठमाडौं । कोरियाबाट फर्किएको दुई सातामै नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर बेलायत भ्रमणमा जाने भएका छन् । आगामी २० असोजमा उनी बेलायत जाने कार्यक्रम तय भएको छ । उनको भ्रमणलाई मंगलरको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ ।

    महानिरीक्षक कुँवरसहित सात उच्च अधिकारी गत ३ असोजमा कोरिया भ्रमणबाट फर्किएका थिए । कोरिया सहायता नियोग९कोइका०को आमन्त्रणामा उनी त्यहाँ गएका थिए । साइबर क्राइम अनुसन्धान गर्ने अधिकारी जानुपर्ने कार्यक्रममा उच्च अधिकारी गएका थिए ।



    बेलायतमा सुरक्षासम्बन्धि कार्यक्रममा उनी जान लागेका हुन् । प्रहरी दिवसको मुखमा महानिरीक्षक विदेश भ्रमणमा जान लागेकोमा प्रहरी अधिकारीले नै अनौठो मानेका छन् । २९ र ३० असोजमा प्रहरी दिवस मनाउने तयारी छ ।



    महानिरीक्षक कुँवरलाई पुलिस चिफहरुको सम्मेलनमा अमेरिका भ्रमणको पनि निम्तो आएकोमा त्यसमा भने उनी नजाने भएका छन् । सो कार्यक्रममा एआइजी टेकप्रसाद राईलाई पठाउन लागिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार