Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चोरी गर्न जाँदा ब्युँझिएपछि जेठाजुले गरेका थिए कान्तिदेवीको हत्या, तीनजना पक्राउ

    चोरी गर्न जाँदा ब्युँझिएपछि जेठाजुले गरेका थिए कान्तिदेवीको हत्या, तीनजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 3.1K
    SHARES

    वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीकी कान्तिदेवी बिनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा कान्तिदेवीका जेठाजुद्वय ५९ वर्षीय चन्द्रिका राउत बिन, ५७ वर्षीय अमिरिका राउत बिन र स्थानीय लालबाबु राउत बिन रहेका छन् । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।



    कान्तिदेवीसँग रहेको रकम लुट्ने उद्देश्यले तीनै जना मिलेर धारिलो हतियार प्रयोग गरेर उनको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायब उपरीक्षक कोमल शाहले जानकारी दिए । कान्तिदेवीका श्रीमान्को १० वर्षअघि नै मृत्यु भइसकेको छ । उनको एक्ला छोरा अर्जुन वैदेशिक रोजगारको सिलसिलामा हाल मलेसियामा छन् ।



    आमाको मृत्युपछि घर फर्किएका अर्जुनले यही असोज ७ गते किटानी जाहेरी दिएपछि सोही दिन प्रहरीले लालबाबुलाई पक्राउ गरेको थियो । लालबाबु पक्राउ परेपछि उनले दिएको बयाण्नको आधारमा प्रहरीले चन्द्रिका र अमिरिकालाई यही असोज १४ गते पक्राउ गरेको थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार