Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पेस्तोलसहित हतियार कारोबारी सरोज पक्राउ

धनगढी । प्रहरीले धनगढीमा पेस्तोलसहित हतियारको कारोबारी पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–१३ श्रीलंकाबाट २८ वर्षीय सरोज धानुक मंगलवार पक्राउ परेका हुन् ।

विशेष सूचनाका आधारमा धानुकले हतियारको कारोबार गरिरहेको जानकारी पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

उनको साथबाट कटुवा पेस्तोल १ थान र गोली ४ राउण्ड फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077