Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंका एक व्यापारी ‘हनि ट्रयाप’मा, युवतीसहित दुई पक्राउ

काठमाडौं । काठमाडौंका एक व्यवसायी हनि ट्रयापमा फसेका छन् । लाखौं बुझाएपछि युवतीले सताउन नछाडेपछि उनी प्रहरीमा पुगेका छन् ।

प्रहरीले युवतीसहित दुई जनालाई पक्राउ गरेको छ । रुकुमकी रमिता थापा र नुवाकोटका राजकुमार ढुंगानालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । थापा र ढुंगाना लिभिङ टुगेदरमा बस्दै आएका प्रेमि–प्रेमिका हुन् ।

ढुंगानाकै योजनाअनुसार रमिताले एक व्यापारीलाई फसाएको प्रहरी स्रोत बताउँछ । सुरुमा फेसबुकमार्फत युवती र व्यापारीको चिनजान भएको थियो । पछि युवती नै नजिकएर घुम्न जाने प्रस्ताव राखेकी थिइन् ।

दुईबीच शारिरीक सम्बन्ध पनि भएको थियो । त्यसपछि युवतीले करोड माग्दै बार्गेनिङ सुरु गरेकी थिइन् । बलात्कार मुद्दामा फसाइदिने भन्दै उनले पैसा मागेकी थिइन् ।

व्यापारीले पटक पटक गरेर करिब २० लाख दिएका थिए । थप ६० लाख मागेपछि ती व्यापारीले प्रहरीमा उजुरी दिएका हुन् । पक्राउ परेकी युवतीले विगतमा अरुलाई पनि त्यसरी फसाएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077