Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रिगलको आममाफी विरुद्धको मुद्दा न्यायाधीश शर्माको इजलासमा

    रिगलको आममाफी विरुद्धको मुद्दा न्यायाधीश शर्माको इजलासमा

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 993
    SHARES

    काठमाडौं । हत्या अभियुक्त गुण्डा नाइके योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने निर्णयविरुद्धको रिट न्यायाधीश मनोज कुमार शर्माको इजलासमा परेको छ ।

    रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश शर्माको एकल इजालसमा पेसी तोकिएको हो ।



    खुँडा प्रहार गरी मारिएका चेतनकी श्रीमती भारती मानन्धरले रिगल भनिने ढकालको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। यसअघि उक्त रिटमा २ पटक पेसी तोकिएकामा सुनुवाइ नहुने हुँदै सर्दै आएको थियो।



    चेतनको हत्या अभियोगमा बाँके जिल्ला अदालतले रिगललाई दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो। संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद सजाय मिहना गरेका थिए।

    रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग रिटमा गरिएको छ। आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन भारतीले माग गरेकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार