Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - हत्यारालाई आममाफी दिनु गलत हो,विरोध गरौं

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले हत्या ठहर भइ जेलजीवन बिताइरहेका व्यक्तिलाई आममाफी दिनु संविधानको मर्मविपरित भएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन् । कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले हत्या ठहर भइ जेलजीवन बिताइरहेका रिगल भनिने योगराज ढकाललाई आममाफी दिनु संविधानको मर्मविपरित भएको जिकिर गरे ।

महामन्त्री थापाले प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै कानुनका छिद्र प्रयोग गर्दै आममाफी दिने प्रवृत्ति रोक्नुपर्ने बताए। उनले सार्वजनिक रुपमा विरोध भएको सरकारको उक्त निर्णयका विषयमा संसदलाई जवाफ दिनुपर्ने बताए ।

महामन्त्री थापाले भने,'यो विषय अदालतको ढोकासम्म पुगेको छ। जसले हामीलाई गिज्याइरहेको छ। अदालतमाथि पनि प्रश्न उठेको छ। यसको विरोध हुनुपर्छ र हामी विरोध गर्छौं। सरकारले संसदमा उभिएर हामीलाई बताउनुपर्छ, त्यो फेस गर्नुपर्छ, जवाफ दिनुपर्छ ।निर्णय गरेर भाग्न पाइँदैन, यत्रो सार्वजनिक प्रश्न उठेको छ।’

महामन्त्री थापाले हत्या पुष्टिपछि जेल जीवन बिताइरहेका व्यक्तिलाई आममाफी दिने निर्णय गलत भएको स्पष्ट पारे।

सरकारले संसदले बनाएका कानुनको अपब्याख्या र दुरुपयोग गरेर कैद माफी मिनाहा दिएको भन्दै महामन्त्री थापाले सभामुखले अग्रसरता लिएर ती सबै कानुनलाई संसदमा ल्याएर कैद छुटका विषयमा एकीकृत र छिद्र नहुने गरी कानुन बनाउनुपर्ने बताए ।

कानुनमा लेखिए पनि प्रक्रिया नपुर्‍याई कसैलाई आममाफी दिन नमिल्ने थापाले बताए। फरक समयमा फरक कानुन टेक्दै आममाफीका निर्णय हुने गरेको अध्ययनबाट पाइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077