Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बचतकर्ताको साढे ४ करोड अपचलन गरेको आरोपमा देउराली सहकारीका अध्यक्ष पक्राउ

काठमाडौं । बचतकर्ताको रकम अपचलन तथा हिनामिना गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईलाई पक्राउ गरेको छ ।

बचतकर्ताको झण्डै साढे ४ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा सीआईबीको टोलीले सहकारी संस्थाका अध्यक्ष चौलागाईलाई पक्राउ गरेको हो । चौलागाईंमाथि सहकारीको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

संचालक समितिका सदस्यहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिने भन्दै प्रलोभन देखाएर रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा लगाएका थिए ।

मासिक,त्रैमासिक र वार्षिक रुपमा ब्याज पाउने तथा निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका बचतकर्ताहरुले रकम जम्मा गरेपनि सहकारीले फिर्ता नगरेपछि पीडित प्रहरीमा उजुरी गरेका थिए ।

काभ्रेको देउराली गाउँपालिका वडा नम्बर ६ स्थायी ठेगाना भएका चौलागाईमाथि आवश्यक अनुसन्धान कार्य भैरहेको सीआईबी स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077