Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सेनाको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु

काठमाडौं । काठमाडौंको भद्रकाली मन्दिरनजिक नेपाली सेनाको ट्रकले ठक्कर दिँदा १ स्कुटर चालकको मृत्यु भएको छ।

बिहीबार राति साढे ७ बजे भद्रकाली नजिकै सभागृह मोडमा सेनाको ट्रकले ठक्कर दिँदा काठमाडौंको ताहाचल घर भएकी स्कुटर चालक ३२ वर्षीया आकृति शर्माको मृत्यु भएको हो।

नेपाली सेनाका चालक हुद्‌दा महोमद नुरेन देवानले चलाएको प्र–३–०१–००ग ३७०५ नम्बरको ट्रकले आकृति सवार बागमती प्रदेश–०२–०१८ प ९२७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी आकृतिलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको थियो। लगत्तै राति ८ बजे डाक्टरले उनलाई मृत घोषित गरेका थिए। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077