Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

संसदमा रघुजी पन्तको कविता - तरकारीले भाउ नै नसोध भने झैँ गर्छ, गरिबको दशैं यसपाली कसरी टर्छ ?

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभाको बैठकमा कविता सुनाएका छन् ।

शुक्रबार शून्य समयमा बोल्दै सांसद पन्तले महंगीका सम्बन्धमा कविता सुनाएका हुन् ।

महँगीका कारण किनमेल गर्नै नसकिने आसयको कविता सुनाउँदै उनले जनताको दशैं कसरी टर्छ भनेर सरकारको जवाफसमेत मागेका छन् ।

सांसद पन्तले खल्तीमा तलब हालेर हिँड्यो बजार, चामलको बोराले नाघ्यो तीन हजार भन्दै व्यंग्य समेत गरेका थिए ।

यस्तो छ सांसद पन्तको कविता:

खल्तीमा तलब हालेर हिँड्यो बजार
चामलको बोराले नाघ्यो तीन हजार
रहर दाल किलोको २५०

बजार भाउ सुन्दा गुम्छ होस हवास
तरकारीले भाउ नै नसोध भने झैँ गर्छ
गोलभेँडाले के किन्लास् तैँले भनेर आँखा तर्छ

दशैं पेस्की आउने कहिले कहिले, पेस्कीमा महंगी आयो
सरकारका घर त उज्याला होलान्, नहुनेको घरमा अहिले नै अँध्यारो छायो
आउन लागेको दशैं सम्झेर जनता मुर्छा पर्छ

सरकार गरिबको दशैं यसपाली कसरी टर्छ ?
मेरो प्रश्न छ– जवाफ देउ सरकार, जनताको दशैं यसपाली कसरी टर्छ ?

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077