Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तत्काल प्रचण्डको विकल्पमा अर्को सरकार बन्ने सम्भावना छैन : माधव नेपाल

चितवन। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिले अर्को सरकार बन्ने कुनै सम्भावना नभएको बताएका छन् ।

समाजवादी जागरण अभियानअन्तर्गत चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको कुनै विकल्प नभएको दाबी गरे ।

अध्यक्ष नेपालले भने, ‘अहिले अरु कुनै सरकार बन्नसक्ने सम्भावना छैन । अर्को कुनै विकल्प छैन । हामी सामेल सरकारलाई सही दिशामा अघि लिएर जान भूमिका खेल्नुपर्छ । देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन समाजवादी मोर्चा पनि बनाएका छौं । वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा गोलबन्द गरेका छौं । लोकतान्त्रिक र देशभक्त शक्तिहरुलाई अगाडि लिएर जान्छौं ।’

उनले अहिले आफूहरु पनि सरकारमा भएकाले यही सरकारलाई सफल बनाएर अघि बढ्नुपर्ने बताए ।

नेता नेपालले प्रतिगमनकारीहरुले अहिले पनि यो व्यवस्थालाई भत्काउने योजना बनाइरहेको आरोप लगाए ।

उनले सरकारले गरेको राम्रो कामलाई समर्थन गर्दै गलत काम गरेको बेलामा औंला ठड्याउनेसमेत बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077