Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजनीतिक दलका नेताहरुलाई लिङ्देनको चेतावनी - देशबाट भाग्नुपर्ने स्थिति आउनुअघि सच्चिनू

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले नयाँ सहमति नगरे र दलहरु नसच्चिए अब जनदबाबको आँधीबेरीको तयारी गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राजनीतिक दलका नेताहरुलाई देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि सच्चिन चेतावनी दिँदै उनले राप्रपा पार्टीले अब देशको नेतृत्व नगरेसम्म देशभित्रै गरिखाने वातावरण सिर्जना नहुने दाबी गरे ।

उनले दसैं तिहार सकिएपछि आन्दोलनको आँधीबेरी सिर्जना गर्नेगरी अघि बढ्न दलका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए । यस्तै संघीयता देशको लागि आवश्यक नभएको पनि उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077