Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एकदिवसीय विश्वकप क्रिकेट : श्रीलंकाविरुद्ध दक्षिण अफ्रिकाको फराकिलो जित

    एकदिवसीय विश्वकप क्रिकेट : श्रीलंकाविरुद्ध दक्षिण अफ्रिकाको फराकिलो जित

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 828
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई एक सय २ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

    जितका लागि ४ सय २९ रनको लक्ष्य पछ्याएको श्रीलंका ४४ ओभर ५ बलमा ३ सय २६ रनमा अलआउट भयो । श्रीलंकाका चरिथ असलंकाले सर्वाधिक ७९ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।



    त्यसअघि दिल्लीमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४ सय २८ रन बनाएको थियो ।



    यो विश्वकप इतिहासकै उच्च योगफल हो । दक्षिण अफ्रिकाका क्विन्टन डि कक, रास्सी भान डर डुसेन र एडेन माक्ररमले शतकीय पारी खेलेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार