Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • चाडपर्वलक्षित सुरक्षा योजना : यात्रुवाहक सवारीमै हतियारसहित प्रहरी गस्ती, ८१७ प्रहरी परिचालन !

    चाडपर्वलक्षित सुरक्षा योजना : यात्रुवाहक सवारीमै हतियारसहित प्रहरी गस्ती, ८१७ प्रहरी परिचालन !

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 1.5K
    SHARES

    मकवानपुर । मकवानपुर प्रहरीले पनि चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । चाडपर्वको समयमा हुनसक्ने चोरी, डकैती, लुटपाट, ठगी तथा सवारी दुर्घटना लगायतका गतिविधि रोक्न प्रहरीले मकवानपुर जिल्लामा सुरक्षा योजना लागू गरेको हो ।

    सवारी लुटपाट घटना हुन नदिन यात्रुबाहक बसमै हतियारसहित प्रहरी परिचालन गरिने सुरक्षा योजनामा छ । बजार अनुगमन, मठमन्दिर तथा आर्थिक कारोबार हुने क्षेत्रमा सादा पोसाकमा प्रहरी परिचालन गरिने मकवानपुरका एसपी सीताराम रिजालले जानकारी दिए ।



    अघिल्ला वर्षको चाडपर्वमा भएको घटनालाई मध्यनजर गरेर यो वर्षको सुरक्षा योजना बनाइएको मकवानपुर प्रहरीको दाबी छ । सवारी दुर्घटना, जुवातास नियन्त्रण, मादक पदार्थ सेवनबाट हुने झैंझगडालाई विशेष निगरानी गरिनेछ । यात्रुको सहजताका हेटौंडा बजारभर चार स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको जानकारी एसपी रिजालले दिए ।



    शान्तिपूर्णरूपमा चाडपर्व मनाउनका लागि २४ सैं घन्टा परिचालन हुने गरी प्रहरी निरीक्षकको कमाण्डमा डेडिकेटेड समूह र सुरक्षा योजनाअन्तर्गत ८ सय १७ जना प्रहरी परिचालन हुने एसपी रिजालले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार