Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इजरायलमा नेपाली मारिएको घटनाप्रति पूर्वराजाद्वारा दुःख व्यक्त

काठमाडौं । इजरायलमा भएको हमलामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएकोमा पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् ।

पूर्वराजा शाहको संवाद सचिवालयले जारी गरेको सन्देशमा उनले दुःख व्यक्त गरेका हुन् ।

अध्ययन र रोजगारीका सिलसिलामा इजरायलमा रहेका हजारौँ नेपाली युद्धको चपेटाबाट संकटापन्न अवस्थामा रहेकोमा आफूलाई चिन्ता लागेको पनि उनले जनाए ।

सन्देशमा भनिएको छ, ‘यस्तो वियोग, वेदना र संकटको अवस्थामा उद्धार, उपचार गर्न र सबै नेपालीलाई स्वदेश फर्काउनको लागि नेपालले तत्काल पहल गर्नुपर्ने तथा शान्त कूटनीतिक क्षमता दर्शाइहाल्नु पर्ने आवश्यकता रहेको हामीले महसुस गरेका छौँ ।’

आजको दुनियाँमा कहीँ पनि द्वन्द्व र युद्धले राम्रो गर्दैन भन्ने मान्यता राख्दै आपसी सम्बन्ध सुधारका लागि सबै पक्षबाट सकारात्मक प्रयास हुनुपर्ने पनि पूर्वराजा शाहले प्रस्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077