Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • इजरायलमा नेपाली मारिएको घटनाप्रति पूर्वराजाद्वारा दुःख व्यक्त

    इजरायलमा नेपाली मारिएको घटनाप्रति पूर्वराजाद्वारा दुःख व्यक्त

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 672
    SHARES

    फाइल तस्विर

    काठमाडौं । इजरायलमा भएको हमलामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएकोमा पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् ।

    पूर्वराजा शाहको संवाद सचिवालयले जारी गरेको सन्देशमा उनले दुःख व्यक्त गरेका हुन् ।



    अध्ययन र रोजगारीका सिलसिलामा इजरायलमा रहेका हजारौँ नेपाली युद्धको चपेटाबाट संकटापन्न अवस्थामा रहेकोमा आफूलाई चिन्ता लागेको पनि उनले जनाए ।



    सन्देशमा भनिएको छ, ‘यस्तो वियोग, वेदना र संकटको अवस्थामा उद्धार, उपचार गर्न र सबै नेपालीलाई स्वदेश फर्काउनको लागि नेपालले तत्काल पहल गर्नुपर्ने तथा शान्त कूटनीतिक क्षमता दर्शाइहाल्नु पर्ने आवश्यकता रहेको हामीले महसुस गरेका छौँ ।’

    आजको दुनियाँमा कहीँ पनि द्वन्द्व र युद्धले राम्रो गर्दैन भन्ने मान्यता राख्दै आपसी सम्बन्ध सुधारका लागि सबै पक्षबाट सकारात्मक प्रयास हुनुपर्ने पनि पूर्वराजा शाहले प्रस्ट पारेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार