Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अर्थसचिवसँग दुई आईजीपी ‘फायर’

    अर्थसचिवसँग दुई आईजीपी ‘फायर’

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 2.8K
    SHARES

    काठमाडौं । अर्थसचिव कृष्णहरी पुष्कर कर्णका कारण अर्थ मन्त्रालय र गृह मन्त्रालयबीच सम्बन्ध चिसिएको छ । अर्थसचिव पुष्करले सीमा नाकाको तस्करीमा प्रहरीले साथ दिएका कारण देशमा राजश्व घटेको आरोप लगाएपछि यस्तो अवस्था आएको हो ।

    एक साताअघि एक सार्वजनिक कार्यक्रममै सचिव पुष्करले नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि यस्तो आरोप लगाएका हुन् । तर, वास्तविक अवस्था फरक रहेको भन्दै सचिव पुष्करसँग गृहमन्त्रालयका अधिकारी मात्र होइन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक समेत रिसाएको स्रोत बताउँछ ।



    अर्कोतर्फ गुप्तचरको रिपोर्टले पनि सचिव पुष्करको आरोप गलत भएको देखाउँछ । भन्सार राजश्व घट्नुको मुख्य कारण न्यून बिजिकरण भएको गुप्तचरको रिपोर्टमा उल्लेख छ । हरेक जसो भन्सार कार्यालयमा पैसा असुलिएर कर्मचारी सरुवा गरिएकाले उनीहरुको ध्यान राजश्व भन्दा व्यक्तिगत आम्दानी बढाउनेमा केन्द्रीत छ ।



    जसकारण देशले कर्मचारीलाई पनि तलब खुवाउन गाह्रो हुने अवस्था आउँदैछ । कतिपय जिल्लामा भने प्रहरीका अधिकारी समेत मिलेका छन् । तर, समग्रमा भन्सार कार्यालयकै सेटिङ प्रमुख कारण रहेको छ ।

    तर, प्रहरीलाई आरोप लगाएर आफु जोगिन खोजेपछि अर्थसचिव पुष्करसँग नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल रिसाएका छन् । सचिव जस्तो व्यक्तिले हचुवाका भरमा यसरी आरोप लगाएकोमा उनीहरुले गृह मन्त्रालयसँग समेत यसबारेमा गुनासो गरेका छन् ।

    जसकारण सचिव पुष्कर अर्थ मन्त्रालयमा फर्किएलगत्तै विवादमा परेका छन् । प्रशासनमा उनी पहिलेदेखि नै विवादास्पद कर्मचारीका रुपमा चिनिन्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार