Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेसपा पुरानो पार्टीसँग मर्ज हुँदैन, भ्रमजालमा नपरौं : बबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानो पार्टीसँग आफ्नो पार्टी मर्ज नहुने स्पष्ट पारेका छन् । अवसरवादी तत्वहरूले नेसपा कुनै पुरानो पार्टीसँग मर्ज हुन खोजेको भन्ने भ्रम खुला वा छद्म रूपमा छर्ने प्रयत्न गरिरहेको बताउँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले सो कुरा स्पष्ट पारेका हुन् ।

उनले नेसपा स्थापनाकालदेखि नै देशमा वैकल्पिक नयाँ समाजवादी रसमुन्नत समाजवादी शक्ति निर्माणमा जोड दिंदै आएको आएको बताए ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, 'नेपाल समाजवादी पार्टीले आफ्नो स्थापनाकालदेखि नै देशमा वैकल्पिक नयॉ समाजवादी (“समुन्नत समाजवादी”) शक्ति निर्माणमा जोड दिंदै आएको आएको छ । त्यसनिम्ति सबैसंग ‘रूपान्तरण सहितको ध्रुवीकरण’ को कुरा गरेको छ। कसैसंग पनि डेन्टिंगपेन्टिंग गरेर वा पुच्छर काटेर मर्ज गर्ने कुरा कहिंकतै गरेको छैन ! तर कतिपय अवसरवादी तत्वहरूले नेसपा कुनै पुरानो पार्टीसंग मर्ज हुन खोजेको भन्ने भ्रम खुला वा छद्म रूपमा छर्ने प्रयत्न गरिरहेछन् !'

उनले सबै प्रकारका नियोजित प्रचारवाजीबाट मुक्त हुन भ्रमजालमा नपर्न आग्रह गरे। 'त्यसबारे प्रष्ट रहन, सबैप्रकारका नियोजित प्रचारवाजीबाट मुक्त हुन नेसपाको सम्बाद समितिको तर्फबाट आधिकारिक रूपमा प्रस्तुत गरिएको यो नौ-बुॅदे “समाजवादी ध्रुवीकरणको औचित्य र आधार” अध्ययन गर्न, सत्यतथ्य बुझ्न र कुनै पनि प्रकारका भ्रमजालमा नपर्न हार्दिक आग्रह छ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077