Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • देशमा सुरक्षा जोखिम बढिरहेका बेला तीनै सुरक्षा निकायका प्रमुख विदेशमा

    देशमा सुरक्षा जोखिम बढिरहेका बेला तीनै सुरक्षा निकायका प्रमुख विदेशमा

    अनलाइन नेपाल
  • मंगलबार, २३ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । तीनै वटा सुरक्षा निकायका प्रमुख एकैपटक विदेशमा पुगेका छन् । देशमा सुरक्षा जोखिम बढिरहेका बेला सरकारले एकैपटक तीनै सुरक्षा निकायका प्रमुखलाई विदेश जान दिएको हो ।

    नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर बेलायत भ्रमणमा छन् । उनीहरू फरक–फरक कार्यक्रममा बेलायत गएका हुन् । यद्यपी दुवै जना बेलायती सरकारकै निमन्त्रणमा गएका हुन् ।



    त्यस्तै, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल पनि मंगलबार अमेरिका भ्रमणमा निस्किएका छन् । विश्वका प्रहरी प्रमुखहरुको सम्मेलनमा भाग लिन उनी अमेरिका गएका हुन् । नेपाल प्रहरीबाट एआइजी टेकप्रसाद राई पनि सोही कार्यक्रममा भाग लिन अमेरिका गएका छन् ।



    राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा पनि गत साता मात्र भारत भ्रमणबाट फर्किएका थिए । उनी रअ प्रमुखको निमन्त्रणामा भारत गएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार