Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्युतीय पासोमा परेर सर्लाहीमा एक जनाको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवामा विद्युतीय पासोमा परेर एक जनाको मृत्यु भएको छ ।

जंगली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर बरहथवा नगरपालिका–१४ बिन टोलका ५० वर्षीय शिवजी साह तेलीको मृत्यु भएको हो ।

मंगलाबार राती शौच गर्न घर छेउको बारीमा पुग्दा करेन्ट लागेर तेलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तेलीको घर नजिकै स्थानीय नरेश साहले जंगली जनावरबाट बाली जोगाउन विद्युतीय पासो थापेका थिए ।

विद्युतीय पासोमा परेर छिमेकीको मृत्यु भएपछि नरेश फरार छन् । उनको १९ वर्षीय छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृत्युबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भने मृतकको शव पोष्टमार्टमकालागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077