Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दशौँ महाधिवेशनयता एमालेमा थपिए एक लाख ६१ हजार नयाँ सदस्य

    दशौँ महाधिवेशनयता एमालेमा थपिए एक लाख ६१ हजार नयाँ सदस्य

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 468
    SHARES

    काठमाडौँ । नेकपा एमालेमा दशौँ राष्ट्रिय महाधिवेशनयता एक लाख ६१ हजार नयाँ सङ्गठित सदस्य थपिएका छन् । नयाँ र नवीकरणसहित हाल एमालेमा सङ्गठित सदस्य पाँच लाख ५० हजार पुगेका छन् ।

    पार्टीको प्रदेश कमिटीका अधिवेशन सुरु हुनुअघि एमाले केन्द्रीय कार्यालयमा अभिलेख भएको विवरणअनुसार सो परिमाणमा पार्टीका सङ्गठित सदस्य रहेको केन्द्रीय सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए ।



    उनका अनुसार अब प्रवास कमिटीमा रहेका सङ्गठित सदस्यको सङ्ख्या विवरण आउन बाँकी छ ।



    एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा आठ लाख ५५ हजार सदस्य रहेका थिए । नवौँ महाधिवेशनताका पार्टीका सदस्य दुई लाख ५६ हजार सात सय ७२ थिए भने त्यसपछि सात लाखको हाराहारीमा सदस्य पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार