Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुदूरपश्चिम प्रदेश स्तरीय महिला भेला बिहीबार र शुक्रबार धनगढीमा हुँदै

    सुदूरपश्चिम प्रदेश स्तरीय महिला भेला बिहीबार र शुक्रबार धनगढीमा हुँदै

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 699
    SHARES

    कैलाली । बिहीबारबाट सुदूरपश्चिम प्रदेशस्तरीय महिला भेला धनगढीमा हुँदैछ । धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत बिहीबार र शुक्रबार गरी दुई दिन धनगढीको शुभ श्री प्यालेसमा भेला हुन लागेको जानकारी गराइएको हो ।

    सो भेलाको नाम ‘सुदूरपश्चिम प्रदेश स्तरीय महिलावादी महिला मञ्च-२०८०’ दिइएको छ । ”न्याय, समानता र पर्यावरणीय अधिकारको सुनिश्चितताः सामाजिक रुपान्तरण सहितको दिगो विकासमा निश्चितता” भन्ने नारासहित भेला आयोजना गरिएको हो ।



    भेलामा प्रदेशका ८८ वटै स्थानीय तहका महिला अधिकारकर्मीहरुको सहभागिता रहने आयोजक महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले जनाएको छ । सञ्जालकी अध्यक्ष श्याम शाहले मञ्च मुख्य गरी महिलाको श्रम, शरीर र पर्यावरणको सवालमा केन्द्रित रहेर छलफल हुने बताइन् ।



    उनले मञ्चमा श्रम, शरीर र पर्यावरणका क्षेत्रमा भएको नियन्त्रणले महिलालाई पारेको प्रभाव, उक्त प्रभावले समाज र देशलाई कसरी कति गहिराई सम्म असर पारेको छ भन्ने विषमयमा छलफल गरिने बताइन् ।

    श्रमको अधिकार र पर्यावरणीय न्याय, मानवीय संकट र महिलाको नेतृत्व सवारमा प्यानल छलफल तथा सिड सम्बन्धी कार्यशाला गरिने उनको भनाई छ । सो कार्यक्रममा ३५० जनाको सहभागिता रहने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार