Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यू-१९ प्रिमियर कप : इरानसँग टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । बिहीबारदेखि मलेसियामा सुरु भएको एससी यु–१९ प्रिमियर कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपालले इरानसँग टस हारेको छ।

टस गुमाएपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको छ। मलेसियाको वाइएसडी युकेएम ओभल बांगीमा टस जितेर इरानले पहिले फिल्डिङ रोजेको छ।

यसअघि एसिसी इस्टर्न र वेस्टर्न रिजनको आधारमा हुने प्रतियोगिता यस वर्षदेखि प्रिमियर कप शैलीमा हुँदैछ। खेल ५० ओभरको हुनेछ।

प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077