Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

चितवन राष्ट्रिय निकुञ्जमा २५ वर्षको पोथी गैँडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ ।

निकुञ्जको खोरीया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिए।

गैँडा जुधेर मरेको तिवारीले बताए। चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पाँच गैँडा मरेका छन् । तीमध्ये एउटा चोरी शिकारीले मारेको आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077