Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेको सुदूरपश्चिम नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा जैशी

    एमालेको सुदूरपश्चिम नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा जैशी

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 411
    SHARES

    धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन भएको छ।

    अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द उपसचिवमा कञ्चनपुरका नरबहादुर बिक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएका हुन्।



    उपाध्यक्षमा शाही हिजो नै सर्वसम्मत भए पनि अन्य पदमा भने आज सहमति भएको हो । निर्वाचन समितिले आधिकारिक घोषणा गर्न भने बाँकी रहेको छ ।



    अध्यक्षमा भरत साउदले उम्मेदवारी फिर्ता लिँदा जैशी सर्वसम्मत भएका हुन् भने महिला उपसचिवमा कन्दकला रानाले उम्मेदवारी फिर्ता लिएपछि बिस्ट सर्वसम्मत भएकी हुन ।

    यस अघि आजै सचिवमा रतन रेग्मी फिर्ता लिँदा चन्द र अशोक चन्द फिर्ता लिँदा बिक सर्वसम्मत भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार